• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उपनिर्वाचन सहजीकरण गर्न कांग्रेसका १० नेतालाई जिम्मेवारी

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका १० जना नेताहरूले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्ने भएका छन्।

    महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले १० जना नेताहरूलाई प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरणको जिम्मा दिएको हो।

    सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले बागमती प्रदेश, सहमहामन्त्री भीष्मराज आङ्दम्बेले कोशी प्रदेश, सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेश, सहमहामन्त्री जीवन परियारले कर्णाली प्रदेश र गण्डकी प्रदेश र केन्द्रीय सदस्य एनपी साउदले सुदूरपश्चिम प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्नेछन्।

    प्रवक्ता प्रकाशशरण महतले अन्तर पार्टी समन्वय गर्नेछन् भने केन्द्रीय सदस्य पुष्पा भुसालले लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रचार प्रसार संयोजन, केन्द्रीय सदस्य मधु आचार्यले स्थानीय तह समन्वय र केन्द्रीय सदस्य नानु बास्तोलाले सचिवालय व्यवस्थापनको जिम्मेवारी पाएकी छन्।

    महामन्त्री शर्मा नेतृत्वमा सानेपामा बुधबार बसेको बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ।

    मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ। कांग्रेसले उम्मेदवारहरू सिफारिस गर्न सुरू गरिसकेको छ।

    जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ। कांग्रेसले उपनिर्वाचनमा गठबन्धन नगर्ने बताएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया