• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रविलाई भोलि अदालतमा उपस्थित गराँइदै

    343
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि मंगलबार पनि पोखरामा खबरदारी सभा गर्ने भएको छ ।

    कात्तिक ३ गतेदेखि हिरासतमा रहेका सभापति लामिछानेलाई भोलि म्याद थप गर्ने कास्की अदालत उपस्थित गराइँदैछ । रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा थालिने जानकारी दिइन् ।

    ‘सभापति लामिछाने हिरासतबाट छुटेको भन्ने भ्रम फैलाइएको छ । उहाँ छुट्नुभएको छैन । भोलि कास्की अदालतमा बहस छ । त्यसपछि के हुन्छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर भनेकी छन्, ‘म नागरिक समाजलाई र देशभरका सकै दाजुभाइ दिदीबहिनीलाई म के भन्छु भने रास्वपा हामी सबैको पार्टी हो । हाम्रो आन्दोलनलाई व्यक्तिकेन्द्रित बनाउन खोजिएको छ । यो व्यक्तिकेन्द्रित होइन । नयाँलाई साथ दिनुभएको छ । यहाँहरूको आस टुट्न दिने छैन ।’

    उनले भोलि २० गते लामिछाने म्याद थपका लागि कास्की अदालत उपस्थित हुने बताउँदै पोखराको घण्टी घरबाट रास्वपाले खबरदारी सभा गर्ने जानकारीसमेत दिइन् । उनले ५ वटा ‘स’को माध्यमबाट निलो कान्ति गर्ने बताउँदै रविलाई साथ दिन सबैलाई आग्रह पनि गरिन ।

    ‘हामी अनुसन्धानलाई प्रभावित पार्न चाहन्नौँ । भोलि पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा छ । सबैलाई उपस्थित हुन आग्रह गर्छु । शान्तिपूर्ण खबरदारी सभामा उपस्थित हुन आग्रह गर्छु’, उनले भनिन् ।

    रास्वपा नेताहरू रविलाई हिरासतमुक्त गरेर अनुसन्धान हुनुपर्ने माग गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछानेको बुधबार नै बयान सकिए पनि बिदाका कारण म्याथ थप हुन पाएको थिएन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया