• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माओवादीलाई लक्षित प्रम ओलीकाे अभिव्यक्ति- हतियार बिसाउन लगाउन जानेका छौं

    252
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार बिसाउन लगाउन आफूहरूले जानेको अभिव्यक्ति दिएका छन्।

    शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) ले खबरदारी सभा गरेको थियो। उक्त सभालाई सम्बोधन गर्दा नेताहरूले हतियार बिसाए पनि विवेक नबिसाएको बताएका थिए।

    प्रधानमन्त्री ओलीले माओवादीका नेताहरूका अभिव्यक्तिलाई लक्ष्य गर्दै आइतबार जबाफ फर्काएका छन्।

    युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रको नाम नलिई हतियार कसरी बिसाउने आफूहरूले जानेको बताएका हुन्।

    ‘हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै थिए, हिजो मात्रै देखेको थिएँ– हतियार बिसाएको मात्रै हो, चलाउन बिर्सिएको छैन। त्यस्तैत्यस्तै त हामी हुनुभएन नि, धम्क्याएका भरमा खाने,’ प्रधानमन्त्री ओलीले भने, ‘म त त्यसलाई फेरि.. हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ पनि नभनौं। हामी चलाउन त चलाउँदैनौं। हामी बिसाउन लगाउन जानेका छौं।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया