• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    चाडवाडमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा (बहुमत) प्युठानले बुझायो ज्ञापनपत्र

    469
    SHARES



    दाेर्ण के.सी, प्युठान । चाडबाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा (बहुमत) प्युठानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

    शुक्रबार नेता हरि बिष्टको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीलाई ज्ञापनपत्र बुझाएको सो पार्टीले जनाएको छ । प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा जिल्लामा वित्तीय आतंक रोक्न र मिटर ब्याजिलाई कारवाही गर्न समेत माग गरिएको छ ।

    चाडबाडमा पिल्सिएका जनताहरु राज्य खोजिरहेका तर राज्य नभेटिएको कुरा ज्ञापनपत्रमा उल्लेख छ। जनताको दु:खमा राज्य रमिते बनेको साथै केही मुठ्ठीभर मान्छेको कब्जामा राज्य र राज्य संयन्त्रहरु रहेको ज्ञापन पत्रमा पत्रमा उल्लेख गरेको छ

    साथै राज्य दोहन गरिरहेका धमिराहरु, दलाल तस्कर, भष्टाचार, कालोबजारी सुदखोर र आर्थिक आतंकका बिरुद्ध बहुमतले `भष्टाचार बिरूद्व जनएकता अभिया´ तीब्ररूपमा संचालन गरिरहेको कुरा प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

    यसता छन् नेकपा बहुमत दाङले प्रमुख जिल्ला अधिकारीसमक्ष राखेका मागहरु :
    १) सिमा सवारी साधन, होटल रेस्टुरेन्ट लगाएत अन्य उपभोग्य सरसामान किनमेलमा गरिने ठिगी,पाकेटमार ,ज्यादती , लुटपाट नियन्त्रण गरियोस ।
    २) गुणस्तरहीन तथा अखाद्य बस्तुको बिक्रि बितरण तथा उपभोगमा रोक लगाईयोस ।
    ३) कालोबजारी नियन्त्रणका लागि ब्यापक बजार अनुगमन गरी कारवाहीको दायरामा ल्याईयोस ।
    ४) चाडवाडका नाममा हुने जुवातास, जाँडरक्सी लगाएतका सामाजिक हिंसालाई कडाई गरियोस ।
    ५) विभिन्न प्रकृतिका चोरी तस्करी, नदिनाला दोहोन लगाएतको कडा नियमन तथा नियन्त्रण गरियोस । अबैध क्रसर बन्द गरियोस
    ६) बित्तिय आतंक रोक्न ठोस कदम चाल्नु पर्ने र मिटरब्याजिलाई कारवाही गरियोस ।
    ७)दुषित मनसायका चेक तथा तमसुक खारेज गरियोस।
    ८) सरकारी कार्यालय तथा कर्मचारीलाई अनिबार्य स्वदेशी उत्पादन प्रयोग गर्न नीति बनाईयोस ।
    ९) बैंक तथा बित्तीय संस्थालाई एक अंक र स्थिर व्याजदरमा कायम गर्नुका साथै जनताको जग्गा जमिन घरबास लिलाम नगर्न कडा प्राबधान राखियोस ।
    १०) लागुऔषध किन बेच र प्रयोगमा कडाई गरि कारवाही गरियोस ।
    ११) चाडवाड लक्षित गरि सडक, सवारी साधन र सवारी चालकलाई व्यवस्थित गरियोस।
    १२) क्षमताभन्दा बढी यात्रु राख्ने, मापसे गर्ने, नियमभन्दा बढी भाडा लिने, तिब्र गतिमा चलाउने लगायतका क्रियाकलाप रोकियोस ।
    १३) करछली, भन्सार चुहावट, न्युनबिजिकरण, गलत जाँचपास गर्नेलाई कारवाही गरियोस।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया