• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रियसभामा रिक्त रहेको दुई समितिमध्ये एकमा उम्मेदवारी दिने माओवादीको निर्णय

    1.3K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय गरेको छ । अर्कोमा एकीकृत समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा सबेको दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचनमा मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरेको हो ।

    यस्तै विधायन समितिको सभापति निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार दिउँसो १ बजे गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशन भएको छ । सकभर सहमतिका लागि पहल गर्ने नभए प्रक्रियामा गएर भए पनि विजय गराउने माओवादीले निर्णय गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया