काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको बताएका छन् । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले यस्ताे बताएका हुन् ।
बैठकमा बाेल्दै लामिछानेले भने, ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले जवाफ दिन नसकेको बताएका हुन् । बैठकमा उनले सुशासनका मुद्दा उठाउँदा प्रतिशोध साँधेर आफू माथि सत्ता पक्ष लागेको आरोप लगाएका थिए । यस्तै, बैठकमा लामिछानेले राखेको धारणा उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘मैले खोजेको जवाफ पाएको छैन । हामीले भने जवाफ दिइरहनु परेको छ । अरु राजनीतिक दलका नेता मुछिएका प्रकरणमा मलाई जस्तै किन सोधपुछका लागि बोलाइँदैन ?’
सभापति लामिछानेले संसदीय छानबिन समितिमा दिएको जवाफका बारेमा केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया