काठमाडाैं। भक्तपुरमा महादेव र मनोहरा खोला बस्तीमा पसेपछि आसपासका बस्ति डुबानमा परेका छन् । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताएका छन् ।
सूर्यबिनायक नगरपालिका वडा नम्बर-२ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर-१ का बासिन्दा बाढी बाट प्रभावित भएका हुन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई सुरक्षित स्थानमा सारेको र डुबानमा परेका सामान निकाल्ने प्रयास भइरहेको इन्स्पेक्टर पौडेलले बताए काछन्।
सूर्यबिनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडी मगर गाउँमा महादेव खोला बस्तीमा पसेको छ सूर्यबिनायक नगरपालिका–२ बालकोट र मध्यपुर थिमी नगरपालिका–१ मा मनोहरा खोला आसपासको बस्तीमा पसेको छ ।
प्रतिक्रिया