काठमाडौं । प्रतिनिधि सभाका ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गरेपछि प्रमुख प्रतिपक्षी भूमिकामा पुगेकाे माओवादी केन्द्र यतिबेला पार्टी कार्यक्रम तयार पारिरहेकाे छ । प्रमुख प्रतिपक्षी दलका रुपमा पार्टीले गर्ने कार्यक्रम तयार पार्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुसँग औपचारिक तथा अनौपचारिक सम्वाद सुरू गरेका हुन् ।
पार्टी सचिव लीलामणि पोखरेलले यतिबेला पार्टीलाई नयाँ कार्यक्रम सहित जनतामा लैजानेमा न्रताहरू केन्द्रित रहेकाे बताएका छन् ।
केन्द्रीय मुख्यालय पेरिसडाडाँमा चलिरहेको पदाधिकारी बैठकको मुख्य उद्देश्य नै कमजोरीहरुको समीक्षा गरेर नयाँ कार्यक्रम तयार पार्नु रहेको पोखरेलले बताएका छन् । ‘कहाँ कमजोरी भयो, कसरी सुधारेर जान सकिन्छ भन्नेबारे गम्भीर समीक्षा गर्छौं । पदाधिकारीहरुले कुरा राखिसक्दा एउटा निष्कर्षमा पुग्छौं’, उनले भने ।
प्रतिक्रिया