• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    तीन घण्टा नबित्दै पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतले के भन्यो ?

    7.9K
    SHARES



    नयाँदिल्ली । पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।

    पत्रकार सम्मेलनमा उनले भने- ‘पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले आक्रमणको जवाफ दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो आक्रमण अत्यन्तै निन्दनीय छ । यसको लागि पाकिस्तान जिम्मेवार छ।’

    पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्न चाहेको समेत मिश्रीले बताए । उनले आफूहरूले पनि भारतीय सेनालाई आक्रमणका लागि स्वतन्त्रता दिएको बताएका छन् ।

    ‘हामी विश्वास गर्छौँ कि पाकिस्तानले परिस्थितिलाई स्पष्ट रूपमा बुझ्नुपर्छ र यो आक्रमण रोक्न तुरुन्तै र उपयुक्त कदम चाल्नुपर्छ’ उनले भने । विदेश सचिव मिश्रीले भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको समेत बताए । उनले सेनालाई कुनै पनि आक्रमणको सामना गर्न ठोस र कडा कारबाही गर्न आदेश दिइएको समेत बताएका छन् ।

    भारत र पाकिस्तानबिच शनिबार साँझ ५ बजे युद्धविराम गर्ने सहमति भएको थियो । त्यसको तीन घण्टापछि राति ८ बजे पाकिस्तानले जम्मू कश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ