• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विद्यालय कर्मचारीद्वारा सरकारसँगको सहमति अस्वीकार

    4.3K
    SHARES



    काठमाडौँ । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ।

    नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन्।

    सो सङ्गठनले नेपाल शिक्षक महासङ्घले घोषणा गरेको दोस्रो चरणको सडक आन्दोलनपछि भएको सहमतिलाई अस्वीकार गरेको हो ।

    योगीले आन्दोलनको २९ औँ दिनपछि हिजो सरकार र महासङ्घबिच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमप्रति आपत्ति जनाएका छन् ।

    उनले उक्त सहमतिप्रति पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गरे । थप कार्यक्रम समीक्षा बैठक पश्चात् सार्वजनिक गरिने समेत सो सङ्गठनले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ