काठमाडौं । हाल देशभर मौसम बदली भएको छ। पश्चिमी वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मौसममा खराबी देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिवार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीको अवस्था रहनेछ।
यी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। यस्ता अवस्था रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया