• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    भारत–पाकिस्तानबीच आज साँझदेखि लागू हुने गरी युद्धविरामको सहमति

    6K
    SHARES



    काठमाडौं । भारत र पाकिस्तानबीच लामो समयदेखिको तनावपूर्ण सम्बन्धलाई सहज बनाउने दिशामा महत्वपूर्ण सहमति भएको छ। दुवै देशले आजैदेखि लागू हुने गरी पूर्ण युद्धविरामको घोषणा गरेका छन्।

    पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका परराष्ट्र मन्त्री विक्रम मिस्रीले संयुक्त रूपमा युद्धविरामको निर्णय सार्वजनिक गरेका हुन्। सहमतिअनुसार स्थल, आकाश र समुद्रमा चलाइँदै आएका सबै सैन्य गतिविधि आज साँझ ५:०० बजेदेखि पूर्ण रूपमा रोकिनेछन्।

    भारतका परराष्ट्र सचिव मिस्रीका अनुसार पाकिस्तानका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन्स (डीएमजीओ) ले भारतीय समकक्षीसँग आज दिउँसो फोनवार्ता गर्दै युद्धविरामको प्रस्ताव अघि सारेका थिए, जुन भारतले स्वीकार गरेको हो।

    मिस्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुवै मुलुकबीच आज साँझदेखि सबै प्रकारका सैन्य गतिविधि रोक्ने लिखित सहमति भएको छ। यो सहमति स्थलसीमा, हवाई सीमाना र समुद्री क्षेत्र सबैमा लागू हुनेछ।”

    दुवै देशका डीएमजीओहरूलाई सो सहमति तुरुन्त लागू गर्न आधिकारिक निर्देशन दिइसकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।युद्धविरामको पछिल्लो सहमतिपछि मे १२ मा दिउँसो १२ बजे दुवै देशका सैन्य अधिकारीबीच पुनः संवाद हुने तय भएको छ।

    सो संवादमा युद्धविरामको कार्यान्वयन स्थिति, सम्भावित चुनौती र भविष्यको सहकार्यबारे थप छलफल हुने अपेक्षा गरिएको छ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ