• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    आजदेखि पुनः सुरू हुँदै आइपिएल, भिड्दैछन् बेंग्लुरू र कोलकाता

    756
    SHARES



    काठमाडौँ । भारत-पाकिस्तान तनावका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबारदेखि पुनः सुरू हुँदैछ।

    दस दिन रोकिएपछि शनिबारदेखि सुरू हुन लागेको लिगमा शनिबार रोयल च्यालेन्जर्स बेंग्लुरू र कोलकाता नाइट राइडर्स भिड्दैछन्। एम चिन्नाश्वामी क्रिकेट स्टेडियममा खेल बेलुकी ७:४५ बजेदेखि सुरू हुनेछ।

    खेल हुने तय भएको चिन्नाश्वामी मैदानमा भने अहिले ठूलो वर्षा भइरहेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको बेंग्लुरू र छैटौं स्थानमा कोलकाता रहेकाले प्लेअफका लागि कोलकाता बढी दबाबमा हुनेछ।

    यो खेल विशेष रूपमा चर्चामा पनि छ। किनभने यसमा विराट कोहलीको टेस्ट क्रिकेटबाट संन्यासपछि समर्थकहरूले सेतो जर्सी लगाउने योजना बनाएका छन्।

    बेंगलुरुको ११ खेलबाट १६ अंक छ भने नेटरनरेट +०.४८२ रहेको छ। बेंगलुरु एक जितले प्लेअफ पुग्नेछ। बेंगलुरुले कोलकातासँगै लखनऊ र हैदरावादसँग खेल्न बाँकी छ। यीमध्ये दुई जितले उसले शीर्ष दुई स्थान पक्का गर्न सक्छ।

    कोलकाता नाइटराइडर्सको ११ खेलबाट ११ अंक छ। आजकोसहित बाँकी तीन खेलमा उसले तीनै खेल जिते पनि प्लेअफमा पुग्न अरु टोलीको नतिजामा भर पर्छ।

    दुई खेल जिते पनि उसको सम्भावना हुनेछ तर न्यून। एक खेल मात्र जित्न सके कोलकाता बाहिरिनेछ। उसले बेंग्लुरूसँगै चेन्नई र हैदरावादसँग खेल्न बाँकी छ।

    पाकिस्तानसँग तनावका कारण मे ८ मा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल पहिलो इनिङको बीचमा रद्द गर्नुपरेको थियो। आइपिएल २०२५ मा कुल ५७ खेल सम्पन्न भएका थिए।

    सिजनमा १२ लिग खेल र चार प्लेअफ बाँकी छन्। यी खेलहरू दक्षिणका तीन शहरहरू: बेंगलुरु, चेन्नई र हैदराबादमा खेलिन सक्ने सम्भावना छ। सात टोलीहरू प्लेअफको दौडमा छन् भने चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बाहिरिएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ