• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध हुने जोखिम, मध्यपूर्व नै द्वन्द्वमा फस्ने सम्भावना

    2K
    SHARES



    काठमाडाैं । इजरायली कब्जामा रहेको सिरियाको भूमि गोलान हाइट्समा भएको आक्रमणमा परेर १२ जनाको ज्यान गएपछि इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहका अखडामा बमबारी शुरु गरेको छ ।

    शनिबार गोलान हाइट्सको एक फुटबल मैदानमा भएको आक्रमणमा बालबालिकासहित १२ जनाको ज्यान गएको थियो । यो आक्रमणमा लेबनानको विद्रोही सङ्गठन हिजबुल्लाह दोषी रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका थिए ।

    आइतबार बिहानैदेखि इजरायलले हिजबुल्लाहका अखडामा लडाकु विमानबाट बम र मिसाइल प्रहार गरिरहेको छ । हिजबुल्लाहले कुनै पनि संलग्नतालाई कडा रूपमा अस्वीकार गरेको छ । बढ्दो तनावले इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध शुरू हुने सम्भावना रहेकाे छ ।

    हिजबुल्लाहलाई सहयोग गरिरहेको इरानले यदि इजरायलले हिजबुल्लाहमाथि दमन गरेमा चुप लागेर नबस्ने चेतावनी दिएको छ । यसले गर्दा इरान र इजरायलबीच पनि द्वन्द्व बढ्ने डर छ ।

    लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलविरुद्ध बेलाबेलामा आक्रमण गर्दै आएको छ । बेलाबेलामा छिटफुट लडाइँ भए पनि हिजबुल्लाह र इजरायलबीच पूर्ण क्षमताको युद्ध भएमा मध्यपूर्व नै द्वन्द्वमा फस्ने जोखिम पनि उत्तिकै बढेकाे छ ।

    यस बिषयमा, संयुक्त राष्ट्रसङ्घले एक विज्ञप्ति निकालेर सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका दूत टोर वेनेस्ल्यान्डले घटनाको निन्दा गर्दै विश्वले अर्को युद्धको सामना गर्न नसक्ने भएकाले संयम हुन आग्रह गरेका हुन् । लेबनान सरकारले पनि नागरिकविरुद्धका सबै हिंसा र आक्रमणको निन्दा गरेको छ । सिरियाको भूमिमा पर्ने गोलान हाइट्सलाई इजरायलले कब्जामा लिएर आफ्नाे बस्ती बसालेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ