• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    क्यालिफोर्नियाकाे इतिहासकै सातौँ ठूलो आगलागी

    1.4K
    SHARES



    TOPSHOT - Firefighters watch as flames and smoke move through a valley in the Forest Ranch area of Butte County as the Park Fire continues to burn near Chico, California, on July 26, 2024. More than 1,150 personnel are deployed to fight the blaze, and more than 3,500 people have been forced to flee their homes, according to the California Department of Forestry and Fire Protection. (Photo by JOSH EDELSON / AFP)

    काठमाडाैं । उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले बताएका छन् । ‘क्यालिफोर्निया पार्क फायर’ शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठूलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको छ ।

    राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५ किलोमिटर उत्तरमा रहेको सिको सहरनजिकैको ठूलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट चार हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।

    ‘फैलिँदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको छ,’ क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ । एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकाेप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीको प्रयासका बाबजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको थियो ।

    कम तापक्रम र उच्च आर्दताले आगलागीको गति कम भए तापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ। क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० वटा संरचना नष्ट भएको पुष्टि गरेको छ ।

    जलिरहेको कारलाई सुक्खा झाडीमा धकेलेर आगो लगाएको आशंकामा ४२ वर्षीय व्यक्तिलाई बिहीबार प्रहरीले हिरासतमा लिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया