काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमा अहिलेको परिस्थिति निकै जटिल र पेचिलो भएको नेताहरूले निष्कर्ष निकालेका छन् । ते
स्रो दिन आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणको विषयमा पाँचजना नेताहरूले आ–आफ्नाे धारणा राखेकाे प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘वर्तमान परिस्थितिबारेमा समग्रमै छलफल भएको छ । परिस्थिति अहिले निकै जटिल र पेचिलो छ । जनतामा गएर वर्गसितको ठूलो रूपान्तरणको प्रक्रियामा छौँ । सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भएको कुरा सामूहिक रूपमा लिनुपर्छ । कमी कमजोरी पनि गम्भीर समीक्षा गर्नुपर्छ । सामूहिक रूपमा लिनुपर्छ’, सापकोटाले भने ।
आजको बैठकमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल,जनार्दन शर्मा,सचिवहरू गणेश साह,हितमान शाक्य र कोषाध्यक्ष श्रीराम ढकालले धारणा राखेका थिए । बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया