• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भ्रष्टाचारमा सामेल कांग्रेसका सबैलाई कारबाही हुनुपर्छ : विश्वप्रकाश शर्मा

    637
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेसका जति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘आशङ्का गरिएका दुईवटा फाइलहरू छन् । एउटा नक्कली भुटानी शरणार्थी प्रकरण र अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय संसद्मा उभिएर म कसैलाई दोषी ठहर्‍याउन चाहँदिन र कसैलाई निर्दोष करार गर्न पनि चाहन्न । केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न सङ्कल्प लिएर खुलेका दलहरू हुन् कांग्रेस र एमाले । यी दलहरूले सरकारको नेतृत्व गरिरहेको बेला प्रधानमन्त्रीकै शब्दलाई सापट लिएर भन्न चाहन्छु–इमानदार भएर सबैको अनुसन्धान हुनुपर्छ, । अनुसन्धानले हामी आफैँमाथि प्रश्न खडा हुन सक्छ ।

    त्यसका लागि अनुसन्धानको दायरामा उभिन तयार छौँ । अरूमाथि अनुसन्धानको माग गर्न सजिलो हुन्छ तर गाह्रो हुन्छ आफूमाथि अनुसन्धान गर्दा । तर आज म यो जिम्मेवार संसद्मा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने आरोप छ । तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन हो छानबिनको दायरामा ल्याओस् ।’

    साथै उनले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरेका छन् । गत साउन ९ गते सौर्य एयर र गत २०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले फरक व्यवहार गरेको बताएका हुन् । उनले हवाई र विमान दुर्घटनापछिको शोकमा पनि सरकारले फरक व्यवहार गरेको उनको भनाइ छ । उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकर्षण गराए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया