• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पार्टी निर्माणबारे माओवादीमा गम्भीर समीक्षा, विचारको विकास गरी जनतामा जान सुझाव

    524
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

    पछिल्लो राजनीति घटनाक्रम र पार्टी निर्माणबारे गम्भीर समीक्षा भएको र पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा खुला रूपले बहस भएको गजुरेलले बताए ।

    उनका अनुसार अध्यक्ष प्रचण्डसहित ६ जनाले आ–आफ्ना धारणा राखेका थिए भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिव राम कार्की, हितराज पाण्डे र चक्रपाणि खनालले धारणा राखेका थिए । सबै जनाले विचारको विकास गरी जनतामा गएर पार्टी निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

    यस्तै बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष प्रचण्डले सुरुमै पछिल्लो राजनीतिक घटनाक्रम कसरी विकसित भयो भन्ने सम्बन्धमा सविस्तार जानकारी गराएको बताए ।

    सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरेको पनि उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया