• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    गर्मीका कारण पाकिस्तानका एक लाखबढि विद्यालय बन्द

    1.1K
    SHARES



    काठमाडाैं । उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा एक लाखबढि धेरै विद्यालय बन्द भएका छन् । गर्मी बढिरहेकाले विद्यालयहरूको गृष्मकालीन बिदा दुई हप्तासम्म लम्बिने भएको हो ।

    पाकिस्तानको केही क्षेत्रमा ५० डिग्रीभन्दा धेरै तापक्रम पुगेकाले सिन्ध प्रान्तका केही क्षेत्रमा विद्यालयहरुले १ महिना अघिदेखि बिदा दिन थालेका थिए ।

    जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । त्यहाँ धेरै पटक तातो लहर ‘लु’ चल्ने भएकाले बालबालिका जोखिममा रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सिन्ध प्रान्तका विद्यालय गर्मीका कारण प्रभावित भएका छन् ।

    विद्युत् आपूर्ति सङ्कटका कारण १२ घन्टासम्म लोडसेडिङ हुँदा पनि गर्मी धेरै खेप्नु पर्ने स्थानीयले बताएका छन् । गर्मीका कारण विद्यालय बन्द हुनुपर्ने र लोडसेडिङका कारण बालबालिकाले पढ्न नपाउने भएकाले विद्यार्थीको पढाइबारे धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया