• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जसपा नेपालले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

    1.4K
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । शुक्रबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले साउन ६ गते विश्वास मत लिन लागेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बताएका हुन् ।

    यादवले भोलि वा पर्सी संसदीय दलको बैठक बसेर यस बारेमा आधिकारिक निर्णय गर्ने बताए । उनले भने, ‘हामीले यो सरकारलाई बाहिरबाट समर्थन गरेका छौँ, विश्वासको मत पनि दिन्छौँ तर पार्टीमा यसको आधिकारिक निर्णय हुन्छ ।’

    वर्तमान गठबन्धनलाई जसपा नेपालले समर्थन गरेपनि प्रदेशदेखि संघसम्म सरकार बाहिरै रहेको छ । मधेश प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट जनमत पार्टी नेतृत्वको सरकार रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ