• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भारतीय प्रधानमन्त्री मोदीले दिए समकक्षी ओलीलाई औपचारिक बधाई

    764
    SHARES



    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष अ‍ोली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै ट्वीटरबाट बधाई दिएका मोदीले आज लिखित बधाई पठाएका हुन् ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सो बधाई पत्रका प्रधानमन्त्री अ‍ोलीलाई बधाई दिनुको साथै दुई देशको सम्बन्धको बारेमा पनि चर्चा गरेका छन् । प्रधानमन्त्री मोदीले विगतमा पनि प्रधानमन्त्री ओलीसँग विगतमा गरेको सहकार्यको पनि चर्चा गरेका छन् ।

    विगतमा ओलीसँग गरेको कामको अनुभवका आधारमा आउने दिनमा दुई देशको विकास र समृद्धिमा मिलेर कार्य गर्ने भनिएको स्रोतले दाबी गरेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ