• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    गाउँ नै लुटने समुहलाई पक्राउ र अनुसन्धान गर्ने प्रहरीलाई गाउँपालिकाले गर्यो सम्मान

    1.2K
    SHARES



    मुगु । जिल्लाको मुगुम कार्मारोङ्ग गाउपालिका- १ मा रहेको डोल्फु गाउँका २४ घर, १ सार्वजनिक गुम्बा र यार्सा लुट्ले समुहलाई अनुसन्धानमा खटिएर पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिकाले प्रहरीलाई सम्मान गरेको छ । गत जेठ १२ गते मुगुम कार्मारोङ्ग गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्लन गर्न पाटनतिर गएको मौका छोपी लुटेरा आठ जनाको  हतियारधारी समूहले गाउँमा लुटपाट गरेका थिए ।

    एक महिना लामो अनुसन्धान, खोज तलासपछि नेपाल प्रहरीले लुटेरा समुहका ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको थियो । अझै ५ जना फरार रहेका छन् । उच्च हिमाल, हिमपात, विकट, जङ्गल, पाटन चहार्दै नेपाल प्रहरीले लुटेराहरूको पहिचान गरि लुटेका सामानहरूमध्ये केही सामान सहित ३ जनालाई पक्रन सफल भएको भन्दै मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष जिरिङ्ग क्याप्ने लामाले जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापा र प्रहरी सङ्गठनलाई विहीवार सम्मान गर्नुका साथै सम्मान पत्रहरू हस्तान्तरण गरेका हुन ।

    सम्मान कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले दिनरात नभनी जनताको सुरक्षामा खटिने प्रहरिहरुको कामलाई उच्च मुल्यांकन गर्दै जनस्तरबाट हुने यस्ता खालका सम्मान कार्यक्रमले प्रहरीको मनोबल बढ्नुका साथै गरिरहेका काममा अझ निखार ल्याउन उर्जा प्राप्त हुने बताए  । प्रहरी नायब उपरीक्षक मार्फत डोल्फु घटनामा प्रत्यक्ष, अप्रत्यक्ष  खटिएका सबै प्रहरीलाई गरिएको सम्मानले जनस्तरमा प्रहरीप्रति रहेको विश्वास अझ प्रगाढ बनाएको र यस्ता जटिल खालका घटनामा प्रहरीलाई अनुसन्धान गर्न मनोबल बढाउने भएकाले जनताका सरकारहरूले ज्यानको बाजी राखी अपराधमा संलग्नहरूमाथि अनुसन्धान गर्ने, पक्राउ गर्ने प्रहरीहरूलाई सहयोग र सम्मान गर्न पनि जान्नुपर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।

    ‘जिल्लाकै विकट गाउँ सदरमुकामबाट पुग्नै पैदल ३ दिन लाग्ने ठाउँमा भएको यस्तो घटनामा संलग्नहरूको खोजी तथा पक्राउ गर्न प्रहरी सफल होला भनेर हामीले विश्वास नै गरेका थिएनौं, त्यति ठुलो भूगोलमा लुटेराहरू कता भागे कता लुके सोचेका थियौ तर प्रहरीले के चमत्कार गरि लुटेराहरूलाई पक्राउ गर्यो’ उनले भने । आफुहरुलाई अचम्म लागेको र प्रहरीको यस्तो कार्यले फरार अन्य व्यक्तिहरुपनी छिट्टै पक्राउ पर्ने विश्वास लागेको मुगुमा कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष जिरिङ्ग क्यापने लामाले बताए ।

    उनले भने -‘डोल्फु घटनामा प्रहरीले खेलेको भुमिकाले नेपाल प्रहरीले पानीभित्र लुकेको अपराधिलाई पनि छोडदैन रैछ भन्ने सन्देश जनता माझ पुगेको छ ।’ यस्तो प्रहरी संगठन र मातहतका विभिन्न दर्जाका प्रहरीलाई सम्मान गर्न पाउनु सिङ्गो गाउपालिकाकै लागि गर्वको विषय भएको पनि  अध्यक्ष लामाको भनाइ छ । गत वर्ष पनि प्रनाउ विरेन्द्र थापाको नेतृत्वमा रहेको प्रहरीले जिल्लाकै मुन्दु गाउँमा एकै परिवारका आमा सहित ४ जना छोरा छोरीको हत्या भएको घटनाको सफलतापूर्वक अनुसन्धान गरी घटनामा संलग्नहरुलाइ पक्राउ गर्न सफल भएको थियो ।

    कुशलता र शान्तिपूर्ण रुपमा मन्दु घटनामा संलग्नहरूको खोजी र अनुसन्धान गर्न प्रहरी सफल भएको भन्दै त्यो बेला पनि प्रनाउ विरेन्द्र थापा सहित अनुसन्धानमा खटिएका सबै प्रहरीसहित उच्चदर्जाका प्रहरीहरूलाई नगरपालिका समन्वय समिती ,नागरिक संघ सस्था र नागरिक स्तरबाट सम्मान गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया