• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    डीपी अर्यालले पार्टीको पैसा खल्तीमा राख्नुभयो : मुकुल ढकाल

    1.3K
    SHARES



    काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा राख्ने गरेकाे बताएका छन् । बुधबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै अर्यालले यस्ताे आरोप लगाएका हुन् ।

    ढकालले पार्टिभित्रका कतिपए कुराहरूमा आर्थिक अनियमितताका बिषय आउंदा कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताएका छन् ।

    ढकालले भने, ‘आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’, उनले भने, ‘यो कुरा दुई हप्तामात्र अघि पनि भएको छ । ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन ।’

    ढकालले रवि लामिछानेको क्लवबाट मुक्त गर्दै पार्टी बनाउन सहयोग गर्न आग्रह पनि गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया