• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    हलिउड अभिनेता निकोलस केजले गरे संन्यासको घोषणा

    2.5K
    SHARES



    काठमाडाैं। हलिउड अभिनेता तथा निर्माता निकोलस केजले अभिनयबाट संन्यास लिने घोषणा गरेका छन् । बहुमुखी अभिनय क्षमताका लागि परिचित अभिनेताले हालै अभिनयबाट संन्यास लिने र हलिउडमा आफ्नो भविष्यको बारेमा कुरा गरेका थिए ।

    यसै क्रममा उनले अभिनयबाट संन्यास लिने योजनालाई यथार्थमा परिणत गर्ने दिशामा अघि बढेको बताएका थिए । कोलसले सन् २०२३ मा एक अन्तरवार्तामा आफू अभिनयबाट संन्यास लिने योजनामा रहेको बताएका थिए । यद्यपि, उनको हातमा अझै ३-४ वटा फिल्म छ । यी फिल्म सकिएपछि उनले अभिनयबाट संन्यास लिनेछन् ।

    हालै द न्युयोर्करलाई दिएको एक अन्तरवार्तामा उनलाई यस विषयमा प्रश्न सोधिएको थियो जसको जवाफ दिँदै उनले संन्यासको पुष्टि गरेका थिए । आफू दुई-तीन सहायक भूमिका र तीन-चार मुख्य भूमिकामा देखिने अनि त्यसपछि अभिनयबाट संन्यास लिने बताए ।

    कुराकानीको क्रममा उनलाई आफ्नो कुनै पनि फिल्म नहेरेका व्यक्तिलाई आफ्नो कुन फिल्म हेर्न सिफारिस गर्नु हुन्छ भनेर सोधिएको थियो । यसको जवाफ अभिनेताले पिग फिल्मको नाम लिएका थिए ।

    अभिनय करियर चिप्लो ढलानजस्तै भएको अनि आफूले पहिलाको जस्तो प्रदर्शन गर्न नसक्ने भन्दै आफ्नो काम दर्शकहरूलाई मन पर्न छाड्नु अघि नै आफूले अभिनयबाट बिदा लिन चाहेको निकोलसले बताएका छन् ।

    यसका लागि उनले शार्कको उदाहरण दिएका थिए । दर्शकहरूलाई यो शार्क रबरको पो रहेछ भन्ने लाग्नु अघि नै बिदा लिनु पर्ने उनले बताएका छन् । फिल्मबाट जे जे भन्नु पर्ने हो ती सबै भनिसकेको पनि उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया