• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रतिनिधि सभा बैठक बस्न ढिलाइ

    680
    SHARES



    काठमाडौँ । मंगलबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ ।

    राजनीतिक दलका नेताहरूबिच छलफल जारी रहेकाले संसद् बैठक बस्न केही समय ढिला हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    त्यस्तै बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ