• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    संविधान संशोधनको विषयमा सार्वजनिक रूपमा बहस गर्नुपर्छ : सांसद झा

    1.3K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिक रूपमा बहस गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरूका बारेमा सार्वजनिक रूपमा बहस गर्नुपर्ने बताएका हुन् ।

    सांसद झले दुई पार्टीका दुई जना वृद्ध नेताले व्यापारीको घरमा बसेर गरेको सहमति देशले स्वीर्कानुपर्छ भन्ने नरहेको बताए । उनले संविधान संशोधनले आगामी पुस्ताको जीवनमा समेत प्रभाव पार्ने भन्दै यो विषयमा सर्वपक्षीय बहस हुनुपर्ने बताए । उनले दुई जना वृद्धले गरेको हस्ताक्षरलाई सबैले मान्नुपर्ने नरहेको बताए ।

    ‘संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरूले सार्वजनिक गर्नुपर्यो । सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिक रूपमा बहस पनि गर्नुपर्यो । दुई वटा पार्टी र दुई वटा वृद्ध कुनै व्यापारीको कोठामा बसेर गरेको सहमतिलाई देशले स्विकार्नुपर्छ भन्ने छैन नि । सार्वजनिक रूपमा बहस हुनुपर्यो’ उनले भने, ‘किनकि त्यसको प्रभाव त तपाईंको जिन्दगीमा पनि पर्छ । तपाईंको आउने सन्तानको जिन्दगीमा पनि पर्छ । कुनै एउटा प्रायोजित व्यापारीको लाजिम्पाटको घरमा मध्यरातमा दुई वटा वृद्ध गएर हस्ताक्षर गरे भनेपछि सबैले मानिदिनु पर्छ भन्ने हुँदैन । सार्वजनिक रूपमा सर्वपक्षीय बहस हुनुपर्छ ।’

    उनले जनतालाई ‘डेलिभरी’ दिन सकेमा कांग्रेस–एमाले समीकरणले निरन्तरता पाउने र नसकेमा अर्कोले पालो पाउने भन्दै यसमा आफूहरू दुःखी नभएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ