• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ६ अर्बभन्दा धेरैको कारोबार

    1.8K
    SHARES



    काठमाण्डाै। हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१.२७ अङ्कले बढेर २ हजार १ सय ४०.९७ विन्दुमा पुगेको छ ।

    आज विकास बैंक, फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज सीईडीबी हाइड्रोपावर, नेशनल लघुवित्त, निफ्रा र केबीएल डिबेन्चर २०८६ को शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज ३ सय २५ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब २९ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ