काठमाडौं । अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा सेयर गरेका पछिल्ला दुई तस्वीर यतिबेला चर्चामा रहेका छन् । ती दुइ तस्विरमा उनी गर्भवती जस्तै देखिन्छिन् ।
यो देखेर धेरैले उनी गर्भवती भएको आकलन गरे र फोटोको कमेन्टमा पनि उनलाई आमा बन्न लागेको भन्दै बधाईको ओइरो आउन थाल्याे ।
उनलाई गर्भवती हुँदाको बधाईको ओइरो यतिसम्म आउन थाल्यो कि उनले हैरान भएर प्रष्टीकरण नै दिनुपरेको छ । उनले जवाफ दिएकी छन्, ‘सबैजना शान्त हुनुस्, म गर्भवती भएकी छैन ।’
वर्षाले २०७५ सालमा अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालासँग विवाह गरेकी हुन् । अहिलेसम्म पनि याे जाेडीलाइ सन्तान योजनाको प्रश्नले पछ्याइरहेको छ ।
प्रतिक्रिया