काठमाण्डाै। नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । गएको १६ गते शुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले आज ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन ।
९३ जना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथ ग्रहण गराए । दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको पार्टीले बाँकी सदस्य आउँदो १० दिनभित्र पूर्णता दिने जनाएको छ ।
काठमाण्डाैमा जमलमा सम्पन्न पार्टीको महाविधेशनले माधवकुमार नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरिसकेको छ । त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भएका छन् ।
प्रतिक्रिया