• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे : देव गुरुङ

    1.3K
    SHARES



    काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्ट्याउने गरि संविधान संशोधन गर्ने आशंका बढेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले संविधान संशोधनको कुरा उठाउँदै सत्ता समीकरण हेरफेरले मुलुकको परिवर्तन नै खतरामा पर्ने आशंका बढेकाे बताएका हुन् ।

    नेता गुरूङले ०४७ सालको संविधानतर्फ मुलुकलाई लैजान खोज्ने प्रयास पश्चगामी र प्रतिगामी कदम भएको जिकिर गरे । माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार गठनको प्रयास भइरहँदा तयार नभएका दलहरूले मध्यरातमा त्यसैबारे हल्ला गर्दै सहमति गरेको पनि उनको आरोप छ ।

    गुरुङले वर्तमान सरकार छाड्नुपर्ने कुनै उल्लेख्य कारण नभए पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्राउको परिघटना हुनसक्ने आशंका गरे ।

    महासचिव गुरुङले सरकार बनाउने नाममा संविधानको प्रावधानलाई उलंघन गर्ने काम गर्न नहुनेमा जोड दिए। उनले सरकारलाई दिएको समर्थन लिएमा प्रधानमन्त्रीले सदनमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ