• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

    2.3K
    SHARES



    काठमाडौँ । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो ।

    कांग्रेस र एमालेबिचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    ‘कांग्रेस र एमालेबीचमा मात्रै समझदारी भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने, ‘सहमतिको सरकारमा सहभागी भएर राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’

    एमालेले कांग्रेससँगको सहमति अनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

    सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर भएको थियो । सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको हो । सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति रहेको नेताहरूको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ