• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    सलमान खानलाई सिद्धू मूसेवालालाई जसरी हत्या गर्ने षड्यन्त्र रचिएको दाबी

    1.7K
    SHARES



    काठमाडाैं। बलिउड स्टार सलमान खानको घरमा गएको अप्रिल १४ मा गोलाबारी भएको थियो । यस मामिलामा प्रहरीले तुरुन्तै छानबिन सुरु गरेर आरोपीहरूलाई पक्राउ पनि गरेकाे छ ।

    यस मामिलामा छानबिन गरिरहेको मुम्बई प्रहरीले लरेन्स विश्नोई ग्याङका ५ आरोपी विरुद्ध अभियोग पत्र दायर गरेका छन् । उनीहरूले पन्जाबी गायक सिद्धू मूसेवालालाई मारे जस्तै गरी सलमान खानलाई मार्ने योजना बनाएको दाबी गरिएको छ ।

    चार्जसिटका अनुसार बिश्नोई ग्याङले सलमान खानलाई मार्न २५ लाखको सुपारी दिएको प्रहरी अधिकारीले बताएका छन् । आरोपीहरूले पाकिस्तानबाट अत्याधुनिक हतियार एके ४७, एके ९२ र एम १६को साथसाथै टर्कीमा बनेको जिगाना पेस्तोल पनि किन्ने तयारी गरिरहेका थिए । सिद्धू मूसेवालालाई मार्न पनि जिगना पेस्तोलकै प्रयोग गरिएको थियो ।

    प्रहरीले चार्जसिटमा बताएअनुसार सलमानलाई मार्ने षडयन्त्र सन् २०२३ को अगस्टदेखि सन् २०२४ को अप्रिलबिचमा रचिएको थियो । सलमान खानको हरेक क्रियाकलापमाथि निगारनी गर्न ६० देखि ७० जनालाई खटाइएको थियो । यी सबै जनाले मुम्बईस्थित सलमान खानको घर, पनवेलमा रहेको फार्म हाउस र गोरेगाउँको फिल्म सिटीमा सलमानको हरेक गतिविधि नियालिरहेका थिए ।

    अभिनेतालाई मार्न आरोपीहरूले १८ वर्षभन्दा कम उमेरका केटालाई भाडामा लिएका थिए । सबै शूटरहरूले गोल्डी ब्रार र अनमोल बिश्नोईको आदेश कुरिरहेका थिए ।

    अर्डर पाएपछि उनीहरू पाकिस्तानबाट आएको अत्याधुनिक हतियार प्रयोग गरेर सलमानलाई मार्नेवाला थिए । शूटरहरू पुणे, रायगढ, नवी मुम्बई, ठाणे र गुजरातमा लुकेर बसेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया