• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ‘स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने’ भनेका ओलीले आज प्रधानमन्त्रीसँग सहयोग गर्न आग्रह गर्नुभएछ’ 

    1K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग एक दिनअघि भएको छलफल विपरीत नेपाली कांग्रेससँग सहमति गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आक्रोश व्यक्त गरे । मंगलबार बिहान बालुवाटार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग कांग्रेससँगको सहमतिबारे असन्तुष्टि जनाएका हुन् ।

    नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले पार्टी अध्यक्ष प्रचण्डले गरेको ब्रिफिङ सुनाउँदै भने ‘हिजो अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग यो सहकार्य लामो समय जाने भन्नुभएको रहेछ । तर, मध्यरातमा नेपाली कांग्रेससँग सहमति भयो ।’

    त्यही भएर मंगलबार बिहान ओली बालुवाटारमा पुग्ने बित्तिकै प्रचण्डलाई सोधेका थिए, ‘तपाईंले यो के गर्नुभएको ?’ ती पदाधिकारीका अनुसार ओलीले जवाफमा भनेका थिए, ‘केही पनि त भएको छैन । कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर सहमति मात्र गरेका हौँ । यसमा तपाईंसँग पनि छलफल गर्ने भनेका छौँ ।’

    ‘हिजोसम्म ‘स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने’ बताउनु भएको अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्रीसँग आफूलाई अब सहयोग गर्न आग्रह गर्नुभएछ,’ ती पदाधिकारीले भने, ‘तर प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्नुभएको छ ।’

    दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया