• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको साथ

    1.2K
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कांग्रेस-एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताएका हुन् ।

    अध्यक्ष यादवले सरकारमा जाने-नजाने कुरा पछि आउला अहिले आफ्नो समर्थन नयाँ गठबन्धनलाई रहेको बताएका बताएका छन् ।

    एमाले र कांग्रेसले गठबन्धन बनाएका छन् । त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भने भईसकेको छैन । यद्यपि जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।

    कांग्रेस-एमाले गठबन्धनले ६ वटा प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरेका छन् तर मधेस प्रदेश भने मधेसवादी दलका लागि छाडेका छन् । अहिले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया