• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गृहमन्त्री लामिछानेको खुलासा- २५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन हुदैछ

    1.2K
    SHARES



    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको खुलासा गरेका  छन्। सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

    ‘कुनै पनि कालखण्डमा भएकामध्‍ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने ।

    भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताए । ‘कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट, त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं’ उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया