काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री प्रचण्डसहित अन्य दलका शीर्ष नेता निम्तो गरिए पनि अध्यक्ष ओली भने सहभागी नहुने भएका हुन् ।
‘अध्यक्ष त जाने कुरै भएन । एमालेबाट अरू नेता पनि जाने बुझिएको छैन’, ओलीको सचिवालयले रातोपाटीलाई भन्यो, ‘अध्यक्षको अर्कै कार्यक्रम तय भइसकेको छ ।’ सचिवालयले अर्कै कार्यक्रम तय भएको बताए पनि अध्यक्ष ओली स्वयं एकीकृत समाजवादीको कार्यक्रममा जान अनिच्छुक रहेको बताइएको छ ।
२०७८ सालमा एमालेबाट विद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । तर, अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिन अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया