• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बागमती राजनीति समाचार

    कृषि क्षेत्रको विकासका लागि मित्र राष्ट्रसँग सहकार्यको पहल भइरहेको छ : मन्त्री श्रेष्ठ

    1.6K
    SHARES



    काठमाडाैं। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले नेपालको कृषि क्षेत्रको अनुसन्धानात्मक कार्य सञ्चालन गर्न मित्र राष्ट्रहरूसँग सहकार्यको पहल भइरहेको बताएका छन् । मित्र राष्ट्रहरूसँगको समन्वयमा कृषि क्षेत्रको विकासका लागि काम गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत भई अर्थ मन्त्रालयमा पत्राचार भएको उनले बताए ।

    प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले कृषकलाई सूचीकृत गरे आत्म सम्मानका साथ पेसमा लाग्ने वातावरण निर्माण गर्ने बताए ।

    कृषि विकास ऐन संसदमा विचाराधीन अवस्थामा रहेको भन्दैं कानुनी प्रावधान अनुसार सञ्चालन हुने सरकार भएकाले ऐन जारी नहुँदा थुप्रै विषयहरू व्यवस्थित गर्न नसकिएको उनले बताए ।

    ‘सरकार रासायनिक मलको प्रयोग नभई वैकल्पिक उपायमा काम गर्ने रणनीतिमा रहेको छ । संघीय सरकारले रासायनिक मलको प्रयोग घटाउने गरी बजेट समेत घटाएको छ । सरकारले जैविक मल प्रयोगलाई जोड दिने तयारी गरेको हो । प्रदेश सरकारले प्रदेशमा ७ वटा प्राङ्गारिक मल कारखाना निर्माणका लागि बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘विभिन्न जिल्लामा निर्माण भएका शीत भण्डारहरूको हस्तान्तरणको तयारी भइरहेको छ । कृषि उपजको बजारीकरणको लागि १३ जिल्लामा बजार स्थापनाको सम्भाव्यता अध्ययनको व्यवस्था गरिएको छ । समुदायमा आधारित ५० वटा वडामा एक वडा एक कृषि उद्यम कार्यक्रम सञ्चालनको तयारी भएको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया