• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गण्डकी समाचार

    गण्डकीका सांसद देवकोटालाई संसद् प्रवेशमा रोक

    1.7K
    SHARES



    काठमाडौँ। सर्वोच्च अदालतले पद थमौती गरिदिएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । बिहीबार संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् ।

    देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराए पनि सहजीकरण नगरिएको बताएका छन् । ‘मैले सभामुख ज्यू, मुख्यमन्त्रीज्यू सबैलाई जानकारी गराएको छ । म आएँ व्यवस्था मिलाइदिनु भनेको थिएँ,’ उनले भने, ‘तर बैठक कक्षमा प्रवेश गर्ने बेलामा मर्यादा पालकले पर्खनुस् भने म बाहिरै परेँ ।’

    अहिले संसद् बैठक चलिरहेको भए पनि देवकोटा भने संसदमा सहभागी हुन् पाएका छैनन् । सर्वोच्चले माओवादीले देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै अर्को आदेश नहुँदासम्म यथास्थितिमा काम गर्न दिने गरी अन्तरिम आदेश दिएको छ । अदालतको आदेशसँगै उनको संसद् पद कायम भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया