• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    स्वस्तिमा र साम्राज्ञीलाई सामाजिक दायित्व नभुल्न कलाकार संघको चेतावनी

    0.9K
    SHARES



    काठमाडौं । नेपाल चलचित्र कलाकार संघले टिभी कार्यक्रम ‘इट्स माइ शो’ मा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    संघले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई उक्त अभिव्यक्तिले लत्याएको बताएको छ ।

    उक्त टेलिभिजन कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारले दिएको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारपूर्ण भएको संघको ठहर छ ।

    ‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा , वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ,’ संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसंगत ठहर्दैन र हुँदैन पनि ।’

    संघले यसअघि पनि केही कलाकारले सामाजिक मर्यादा र अनुशासन विपरीत आचारसंहिता पालना नगरी अभिव्यक्ति दिएकोमा संघले सचेत गराएको समेत भनिएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया