• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेसभित्र रहेको फोहोर सफा गर्न आवश्यक छ- गगन थापा

    2.4K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र रहेको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्।

    सोमबार काठमाडौंमा भएको नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहमा बोल्दै थापाले कांग्रेसभित्र थोरै फोहोर रहे पनि सफा गर्नुपर्ने बताए।

    ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ, फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन। कांग्रेसभित्र फोहोर थोरै छ, तर सफाको अंश धेरै छ। फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,’ थापाले भने।

    उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित रहेको बताए। साथै उनले पार्टीलाई योगदान दिएका पात्रहरुलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया