• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पुस्तकालयको बजेटमा भ्रष्टाचार गरेको आरोपमा शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा

    1.5K
    SHARES



    काठमाडौं । खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर भएको छ । खुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा चलाएको छ ।

    अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा पुस्तकालय व्यवस्थापनका लागि शिक्षा विभागबाट अनुदान पाएको रकमबाट पुस्तकालय नै स्थापना नगरेको भन्दै अख्तियारले प्रधानाध्यापक कृष्णहरि भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा खानेपानी व्यवस्थापनको लागि पाएको रकमबाट कुनै काम नगरेको भन्दै व्यवस्थापन समिति अध्यक्ष गोपालप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया