• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    म्याग्दीमा ६ करोडको कृषि कार्यक्रम सञ्चालन

    1K
    SHARES



    म्याग्दी। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा हिमाली जिल्ला म्याग्दीमा चालू आर्थिक वर्षमा झन्डै ६ करोड रुपैयाँ लागतमा कृषिका कार्यक्रम सञ्चालन भइरहेका छन् । उत्पादन र उत्पादकत्व बढाउन, रैथाने बालीको संरक्षण-प्रवर्द्धन तथा बजारीकरण गरी आयात हुने कृषि उपजलाई विस्थापित गर्न कृषि कार्यक्रमले जोड दिएको छ ।

    यस वर्ष म्याग्दीमा कुल पाँच करोड ९७ लाख ५२ हजार रुपैयाँको कृषिका कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि कार्यक्रमअन्तर्गत सबैभन्दा धेरै तीन करोडको बजेट अनुदानमा खायन प्रजातिको आलु खेती कार्यक्रम सञ्चालन गरिएको छ ।

    त्यस्तै रैथानै बालीहरू जौ, कोदो, लट्टे र फापरको प्रवर्द्धन गर्न चार वटा कृषि समूहमार्फत् १० लाख रुपैयाँको लागतमा कार्यक्रम सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । त्यसैगरी फलफूल बगैँचा स्थापना कार्यक्रममार्फत ३० लाख रुपैयाँको लगानीमा २० हेक्टर क्षेत्रफलको जमिनमा २६ जना कृषक र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ ।

    फलफूल बगैँचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फर्मसँग सम्झौता गरेर कार्यक्रम अगाडि बढाइएको छ । मसला तथा निर्यातयोग्य बालीतर्फ अदुवा र बेसार उत्पादन गर्न मंगला गाउँपालिकाको बरंजामा कार्यक्रम सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ