• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली समाचार

    हाइ रोक्दा शरीरमा पुग्न सक्छ नकारात्मक असर !

    4K
    SHARES



    काठमाण्डाैं । सुतेर उठ्दा, थकाइ लाग्दा, निद्रा नपुग्दा, भोक लाग्दा, तनाव हुँदा हाइ आउने गर्छ । हाइ आउनु एउटा इन्भोलिन्टरी मुभमेन्ट हो अर्थात् आफूले चाहेर होइन, नचाहेर हुने कुरा हो ।

    कतिपय मानिसलाई लगातार हाइ आइरहेको हुन्छ । यस्तो किन हुन्छ ?

    अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित शोधका अनुसार हाइ गर्दा शरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुन्छ । शरीरमा अक्सिजनको कमीले हाइ आउँछ । मस्तिष्कको भित्तालाई चिसो राख्न पनि मानिसलाई हाइ आउने उक्त अध्ययनको निष्कर्ष छ ।

    हाइ आउने मुख्य कारण

    तनाव : तनावको कारणले पनि लगातार हाइ आउन सक्छ । किनभने तनाव बढ्दा मष्तिस्कको तापक्रम बढ्छ र यसले पनि हाइ अलि बढी आउँछ । हाइ आउँदा मष्तिस्कमा धेरै अक्सिजन पुग्छ र दिमाग चिसो हुन्छ । उदाहरणका लागि, खेल खेल्नुअघि खेलाडीलाई बढी हाइ आउने गर्छ । किनकि त्यसबेला उनीहरुलाई तनाव भइरहेको हुन्छ ।

    थकान : थकित हुँदा पनि लगातार हाइ आउँछ । किनभने शरीरमा अक्सिजनको कमीले ऊर्जाको कमी हुन्छ । हाइले अक्सिजनको आपूर्ति गराएर शरीरमा ऊर्जा बढाउँछ ।

    निद्राको समस्या : निद्रा नपुग्दा पनि मान्छे थकित भएर बारम्बार हाइ आउन सक्छ । त्यस्तै निद्रा नपुग्दा हुने स्लीप एपनिया नामक डिसअर्डरको संकेत पनि हाइ आउनुको कारण हुनसक्छ । यस्ता व्यक्तिमा सास फेर्न गाह्रो हुने र शरीरमा अक्सिजनको मात्रा कम हुन्छ, यसले गर्दा हाइ आउने गर्छ ।

    छिटोछिटो हाइ आयो र केही गरेपनि रोकिएन भने त्यो कुनै रोगको संकेत हुनसक्छ ।

    मुटुमा समस्या : धेरै हाइ आउने व्यक्तिलाई मुटुमा समस्या हुनसक्छ । किनभने यस्ता मान्छेको शरीरमा अक्सिजनको कमी हुन्छ । यसले रक्तसञ्चारमा समस्या हुन्छ । शरीरमा अक्सिजनको मात्रा बढाउन छिनछिनमा हाइ आउँछ ।

    फोक्सोमा समस्या : ब्रेनमा अक्सिजनको मात्रा कम र कार्बनडाइअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्न जान्छ । यस्तो अवस्थामा हाइ बढी आउँछ । यसले ब्रेनमा अक्सिजन जाने दर बढ्छ र फोक्सोबाट खराब हावा निस्किन्छ । यही कारण झुम्म हुने, बेहोस हुने हुन्छ ।

    मधुमेह : कोही व्यक्तिलाई मुधमेहको समस्या छ भने पनि लगातार हाइ आउन सक्छ, किनभने रगतमा ग्लुकोजको मात्रा बढ्नाले बिरामी थकित र कमजोर महसुस हुन्छ र यसले हाइ आउने गर्छ । साथै कसैलाई अचानक बढी हाइ आएमा हाइपोग्लाइसीमियाको सुरुवातको संकेत पनि हुनसक्छ । शरीरमा ग्लुकोजको मात्रा कमी भयो भने हाइ आउन थाल्छ ।

    थाइराइडमा समस्या : छिनछिनमा हाइ आउनु हाइपोथाइराइडको संकेत पनि हुनसक्छ । शरीरमा थाइराइड हर्मोन कमी भएमा पनि लगातार हाइ आउन सक्छ ।

    धेरै हाइ आएमा के गर्ने ?

    हाइ आउनु आफैंमा रोग होइन । त्यसैले के कारणले भएको त्यो कारणलाई पहिचान गरेर त्यसको उपचार गरे आफैं हट्छ । जस्तै त्यो अनिद्राको संकेत हुनसक्छ र त्यसका लागि पर्याप्त निदाउनु आवश्यक हुन्छ ।

    हाइ आउँदा रोक्नु हुँदैन । हाइ रोक्दा शरीरमा नकारात्मक असर पुग्न सक्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ