• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सूचना केन्द्र

    आँबुखैरेनी-मुग्लिन खण्ड सोमबारसम्म दैनिक ३ घन्टा बन्द हुने

    3.2K
    SHARES



    काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड आज र भोलि दैनिक ३ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँका अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

    आँबुखैरेनी गाउँपालिका-४ मा पर्ने सडकखण्डमा माथिबाट ढुंगा झर्ने जोखिम रहेको ढुंगा झार्नुपर्ने भएकाले बाटो बन्द गर्न लागेको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख पशुपति ज्ञवालीले जानकारी गराएका छन् ।

    केही दिनअघि आएको हावाहुरीले समेत ढुंगा झरेर सडक नै अवरुद्ध बनाएपछि सडकका माथिल्लो भागमा रहेका जोखिमपूर्ण ढुंगा हटाउन लागिएको ज्ञवालीले बताए ।

    पृथ्वीराजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्ड साँघुरो र जोखिमपूर्ण पनि छ । २ दिनभित्र सबै ढुंगाहटाएर बाटो नियमित खुलाउने तयारी भइरहेको उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ