• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने

3.3K
SHARES



काठमाडौं। भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् । यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने भएका हुन् । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ ।

यस अघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो । बिग बोसको टेलिभिजनमा प्रसारण हुने शो को लोकप्रियतालाई ध्यान दिँदै यस अघि दुई सिजन ओटीटी संस्करण बनाइएको थियो ।

बिगबोस ओटीटीको पहिलो सिजना अभिनेत्री दिव्या अग्रवालले जितेकी थिइन् भने दोस्रो संस्करण युट्युबर एल्भिस यादवले जितेका थिए ।

यस सिजनमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी जस्ता सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ । यस सिजनको बिगबोस ओटीटी जुन २१ देखि प्रसारण हुँदै छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ