• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

    1.4K
    SHARES



    काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सिंह भण्डारीले जनमत पार्टीका सांसद सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा सिंहलाई नियुक्त गरेकी हुन् । प्रदेश कार्यालयबाट नियुक्ति पत्र प्राप्त भएको नवनियुक्त मुख्यमन्त्री सिंहले रातोपाटीलाई बताए । उनका अनुसार अब केहीबेरमा शपथग्रहण गर्ने कार्यक्रम छ ।

    सिंहले प्रदेश प्रमुखको कार्यालयमा ६ दलका ५५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया