• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    लुम्बिनी समाचार

    लुम्बिनी प्रदेश सरकार विस्तार, १२ सदस्यीय बन्याे मन्त्रिपरिषद्

    1.1K
    SHARES



    काठमाण्डाैं। लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्री मन्त्रीका रूपमा कृष्णा केसी थपिएकी हुन् ।

    लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्‍याइएको छ । मुख्यमन्त्री जोख बहादुर महराले सोमबार दिउँसो नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।

    उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । चैत २३ गते महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले गत वैशाख १२ गते मन्त्रिपरिषद् बिस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्दा महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आफैँले राखेका थिए ।

    नवनियुक्त मन्त्री केसीले आज नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया