• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन समाचार

    विश्वासघात गरेको आरोपमा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ, रोकियो ‘रावायण’को छायांकन

    1.6K
    SHARES



    काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको हो ।

    फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाद्वारा निर्देशित फिल्म  ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु हुने क्रममा रहेका बेला उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको जनाइएको छ ।

    आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर १ करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

    आजदैखि सुरु हुन लागेको उनी निर्देशित ‘रावायण’को दोस्रो चरणको छायांकनअघि प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्देशक थापा पक्राउपछि फिल्मको छायांकन रोकिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ