• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

3.6K
SHARES



काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । उक्त्त सारेजनिक ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे विस्तृत प्रकाश पारेको छ ।

ट्रेलरमा साम्राज्ञी शाह र गरिमा शर्माको डेब्यु अभिनेता निश्चल खड्काले निर्वाह गरेको पात्रसँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दर्शाएको छ । गरिमाको पनि यो डेब्यु फिल्म हो ।

निश्चलको साथीको रुपमा देखिएका कवीरलाई पनि ट्रेलर अन्त्यमा गरिमासँगको प्रेममा परेको देख्न सकिन्छ । ट्रेलर हेर्दा यो फिल्म सहरी क्षेत्रका दर्शक (अर्वन क्राउड)लाई लक्षित देख्न सकिन्छ ।

फिल्मको कथा यात्राको क्रममा हुने प्रेम हो । पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ