• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कृषि स्रोत केन्द्रको २२ लाख खाएर रेशम शाही फरार, उजुरी दिने तयारी

    6.8K
    SHARES



    सुर्खेत । सम्वृद्ध कृषि स्रोत केन्द्र सुर्खेतको झण्डै २३ लाख रुपैयाँ खाएर जाजरकोट जुनीचाँदे गाउँपालिका वडा नम्बर ६ घर भएका रेशम शाही फरार भएका छन्।

    सुर्खेत विरेन्द्रनगरमा रहेको सम्बृद्ध कृषि स्रोत केन्द्रको लागि खरिद गरिएका कृषि औजार, कृषि बिउ बिजनामा राखिने विभिन्न केमिकल खरिद गरि बिक्री समेत गरेको तर उक्त रकम सम्बन्धित निकायमा नबुझाएर रेशम शाहीले अपचलन गरेको बताइएको छ।

    संचारकेन्द्रलाई उपलब्ध डकुमेन्टअनुसार उनले करिब ३६/३७ वटा विभिन्न कृषि सम्बन्धि समान खरिद बिक्रि गर्ने संस्थासँग समान खरिद बिक्री गरेको देखिएको छ।  तर शाहीले उक्त खरिदबिक्री बापत जम्मा भएको रकम सम्बन्धित संस्थाको खातामा नराखी आफैले व्यक्तिगत रुपमा अपचलन गरेर भागेका हुन् ।

    उनले कृषि स्रोत केन्द्रका कर्मचारी चन्द्रा कुमारी शाहीसँग मिलेर सो रकम हिनामिना गरी भागेकाले अहिले प्रहरीसमक्ष उजुरी दिने तयारी भइरहेको स्रोतले बतायो ।

    यता स्रोत केन्द्रमा लगानी गर्ने सम्वृद्ध नेपाल कृषि सहकारी संस्थाले पटक पटक ताकेता गर्दा समेत शाही रकम तिर्न तयार नदेखिएकाले उनी बिरुद्ध उजुरी हालेर पक्राउ गर्ने तयारी भइरहेको बताइएको छ।

    कृषि स्रोत केन्द्रको सामान खरिद बिक्री गर्न भनि सहकारीबाट पैसा एडभान्स लिएर गएका शाहीले त्यसपछि एक रुपैयाँ पनि फिर्ता नगरेको सहकारी व्यवस्थापनले जनाएको छ।

    सहकारी संचालन पक्षले भन्यो-“रेशम शाहीले रकम लागे तर हिनामिना गरेर फरार भए, एक रुपैयाँ पनि बुझाएन, अहिले रकम अशुली गर्न भनेर हामीले सम्पर्क गर्दा पटक-पटक भाका सर्ने र भाग्ने काम गरिरहेका छन्। .”

    यस्तै शाहीलाई सहकारीले रकम बुझाउन भनेर ताकेता गर्दा कहिले फोन नै नउठाउने र कहिले आफुसँग उक्त रकम नभएको तथा जाजरकोटका माओवादी नेता धर्मराज सिंहले सो रकम खाएर भागेका कारण आफुले समयमै तिर्न नसकेको भनेर टार्दै आएका छन् ।

    पछिल्लो समय देशभरका विभिन्न सहकारीहरुबाट विभिन्न व्यक्तिहरुले नागरिकले जम्मा गरेको रकम हिनामिना गरेको समाचारहरु आइरहेका बेला अरु सहकारी भन्दा राम्रो गरिरहेको र बजारमा खासै समस्या नदेखिएको सम्बृद्ध नेपाल कृषि सहकारी संस्थाको रकम खाएर रेशम शाही फरार भएपछ बचतकर्ता आक्रोशित भएर शाहीलाई खोजिरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ